काठमाडौं । बाचापत्रमा बिचौलियामुक्त शासन गर्ने उल्लेख गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को शासनकालमा नियुक्ति, सरुवा र बढुवामा बिचौलियाहरु हावी हुन थालेका छन् । यसको उदाहरण स्वास्थ्य मन्त्रालयका निर्णयहरुमा देखिएको छ । स्वास्थ्य मन्त्रालयका नियुक्ति र सरुवा सबै सेटिङमा हुँदैआएका गुनासा ब्याप्त छन् ।
यसअघि स्वास्थ्य वीमा बोर्डको सदस्यमा जुनु श्रेष्ठलाई पुनः नियुक्ति गरेको बिषयमा तत्कालीन युवा, श्रम तथा रोजगार मन्त्री दीपककुमार साह पदमुक्त भएका थिए भने स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराइएको थियो । सचेत गराइए पनि मन्त्री मेहताको मन्त्रालयका नियुक्ति र सरुवामा बिचौलियाहरुकै बोलवाला देखिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका नियुक्ति र सरुवामा प्रहरी अस्पतालमा कार्यरत एसपी दर्जाका चिकित्सक सरोज सिंह हावी हुँदैआएका छन् । स्वास्थ्य मन्त्री निशा मेहताका श्रीमान डा. सरोज सिंहको दरबन्दी कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा, सुनसरी हो । मेहता मन्त्री हुनुअघिसम्म उनी इनरुवामै कार्यरत थिए । तर मेहता मन्त्री भएपछि उनी काजमा प्रहरी अस्पताल महाराजगंज काठमाडौंमै कार्यरत छन् । र, स्वास्थ्य मन्त्रालयका सरुवा र नियुक्तिमा डा. सिंह हावी देखिएका छन् ।
डा. सिंहकै सेटिङमा डा. कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सेवा बिभागको निमित्त महानिर्देशक बनाइएको छ । डा. पौडेललाई निमित्त महानिर्देशक बनाउने सबै तारतम्य प्रहरी अस्पतालमा कार्यरत मन्त्रीका श्रीमान सरोज सिंहले नै गरेको स्रोतको दाबी छ । डा. पौडेलकी श्रीमती पनि प्रहरी अस्पतालमै कार्यरत छिन् । उनी पनि एसपी दर्जाकै हुन् । डा. सिंहमार्फत् तारतम्य मिलाएर डा. पौडेललाई बिभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको स्रोत बताउँछ । निमित्तलाई हटाएर पौडेललाई नै निमित्त महानिर्देशक बनाउन आकर्षक डिल भएको उच्चस्रोत बताउँछ ।
२०८३ असोज २ गते मन्त्री मेहताले डा. पौडेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन् । निमित्तलाई जिम्मेवारीमुक्त गरी निमित्तलाई जिम्मा दिइएको छ । बिभागमा ११ तहका डा. अनुज भट्टचन निमित्त महानिर्देशक थिए । डा. भट्टचन बिभागको महानिर्देशकका अलावा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख पनि थिए । अब उनी महाशाखा प्रमुखको जिम्मेवारीमा मात्र रहनेछन् ।
स्वास्थ्य सेवा बिभागको महानिर्देशक १२ औं तहको हुने ब्यवस्था छ । जबकि स्वास्थ्य मन्त्रालयमा १२ औं तहका चिकित्सक डा. श्रीकृष्ण श्रेष्ठ र डा. संगीताकौशल मिश्र थिए । मिश्रलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाइएको छ । ११ औं तहका पौडेललाई बिभागको महानिर्देशकमा पठाइसकेपछि १२ औं तहकी मिश्रलाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ ।
पौडेललाई बिभागको महानिर्देशक बनाएका दन्तरोगका चिकित्सक सरोज सिंहले आफ्ना निकट साथी डा. वीरेन्द्र मण्डललाई गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजबाट औषधि उपकरण खरिद हेर्ने ब्यवस्थापन महाशाखाको प्रमुखमा सरुवा गरेका थिए । बिभागको महानिर्देशक पौडेललाई ल्याउन मण्डलले पनि भरपूर साथ दिएका थिए । डीजी अनुकूल ल्याएर औषधि उपकरण खरिदको चाँजोपाँजो मिलाउन सहज हुने भएकाले मण्डल पनि लागेका थिए ।
गएको भदौ पहिलो साता डा. मण्डललाई ब्यवस्थापन महाशाखामा ल्याइएको हो । पब्लिक हेल्थ समूहको दरबन्दी रहेको ब्यवस्थापन महाशाखाको प्रमुखमा फरेन्सिक समूहका मण्डललाई ल्याउने काम मन्त्रीकै श्रीमान सिंहले गरेका थिए । ब्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा रहेको छ । आपूर्ति शाखाले देशभरका लागि आवश्यक औषधि उपकरण खरिद गर्दछ । मन्त्रीका पति डा. सिंहले स्वास्थ्यका अन्य नियुक्ति र सरुवामा पनि मध्यस्थकर्ताको भूमिका निभाएको आरोप छ ।
कर्मचारी सरुवामा श्रीमान डा. सरोज सिंंहको संलग्नताबारे स्वास्थ्य मन्त्री निशा मेहतासँग प्रतिक्रियाका लागि प्रयास गर्दा सम्पर्क हुन सकेन । प्रतिक्रिया प्राप्त भएमा हामी उचित स्थान दिनेछौं ।
यसैबीच, कुनै समय स्वास्थ्य सामग्री आपूर्तिकर्ता कम्पनीहरु हस्पिटेक र लाइफलाइनमा काम गर्ने बायोमेड इन्जीनीयर भास्कर रिजालले पनि मन्त्री मेहताका नाममा नियुक्तिदेखि मुद्दा परेर वा बिभिन्न कारणले अड्किएका अस्पतालहरुका भुक्तानी गराउन दबाब दिने गरेको आरोप छ ।
स्वास्थ्य सामग्री उपकरण खरिदमा भएका अनियमितताबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेका उजुरीमा बिज्ञका रुपमा पनि रिजाल जाने गरेका छन् । अख्तियारमा उजुरीमा विज्ञका रुपमा जाने गरेका उनले छानबिन भइरहेका सप्लायर्सहरुसँग नै डिल गरी मुद्दा कमजोर बनाउन भूमिका खेलेको आरोप पनि लाग्ने गरेको छ ।
एकातिर क्रोनिक भएका उपकरणका भुक्तानी गराउन मन्त्री मेहताको नाममा दबाब दिने र अर्कोतिर अख्तियारमा उनी कसरी बिज्ञ भए भन्ने प्रश्न पनि उठेको छ । अख्तियारमा विज्ञका रुपमा बोलाइने गरेका रिजालले अस्पतालहरुको नियुक्तिमा पनि डिल गर्ने गरेको आरोप छ । स्रोतका अनुसारअब हुने स्वास्थ्य सामग्री र उपकरणको टेण्डरहरुको स्पेसिफिकेसन बनाउने क्रममा पनि उनले चलखेल गरेका छन् । उनले बनाएको स्पेकअनुसार नै स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालहरुले स्वास्थ्य उपकरण खरिद गर्नेगरी सेटिङ मिलाइएको छ । औषधि कम्पनीहरुलाई बिभिन्न अस्पतालहरुको टेण्डर मिलाइदिन्छु भनी होटल र रेष्टुरेन्टमा डिल गर्ने गरेको आरोप पनि रिजालमाथि लाग्ने गरेको छ ।
काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकारले अध्यादेशमार्फत् संघीय निजामती सेवा ऐनमा संशोधन गरी ५५ बर्ष उमेर र ३० बर्षे सेवावधिका आधारमा अवकाशको प्रावधान राखेर...
काठमाडौं । औषधि ब्यवस्था बिभागले सशक्त र दक्ष फार्मासिष्ट नै सबल औषधि प्रणाली र समग्रमा स्वास्थ्य सेवाको मेरुदण्ड भएको बताएको छ । विश्व फार्मासिस्ट दिवस...
काठमाडौं । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिरिषदको कार्यालयले सो प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायबाट विगत ७ बर्षमा मिलेमतोमा खरिद गरिएका स्वास्थ्य...
काठमाडौँ । सम्भावित भारी वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै देशका बिभिन्न स्थानका विद्यालयहरु दुई दिनकालागी बन्द गर्ने भएको छ। सम्भावित बाढी,...
काठमाडौं । औद्योगिक ब्यवसाय बिकास प्रतिष्ठानका कर्मचारीहरुले २ महिनादेखि तलव भत्ता पाउन सकेका छैनन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले तलब भत्ता खुवाउन र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend