Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेनाको गाडीको ठक्करबाट घाईते भएकी महिलालाई काठमाडौं ल्याइयो


    आइतबार, बैशाख २१ २०७७
    940
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २१ बैशाख । शनिबार नेपाली सेनाको गाडीको ठक्करबाट गम्भीर घाइते भएकी प्रतीक्षा भुसाललाई थप उपचारका लागि आज काठमाडौँ लगिएको छ।

    शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन महीनाकी सुत्केरी भुसाललाई नेपाली सेनाको जहाजद्वारा उपचारका लागि राजधानी लगिएको उनका काका खिलप्रसादले जानकारी दिए।

    उनका अनुसार घाइते प्रतीक्षालाई लिन नेपाली सेनाका डा वसन्त रिजालको नेतृत्वमा तीन सदस्यीय चिकित्सक टोली राँझा विमानस्थल आएको थियो।शनिबार कोहलपुरको एनटिभी रोडमा नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनका भाइ कोहलपुर –२ निवासी किरणको घटनास्थलमै मृत्यु भएको थियो भने उनी घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार