काठमाडौं । सागरनाथ वन विकास परियोजना व्यवस्थापनमा रहेको जग्गामा उत्खनन् भएको वन पैदावारको (नदीजन्य पदार्थ) रोयल्टी असुल नगरी भ्रष्टाचार गरेको विशाल घिमिरेसमेत भएको राजश्व चुहावटको भ्रष्टाचार मुद्दामा प्रतिकूल बकपत्र गर्ने रसुवा कन्ष्ट्रक्सनका संचालक राजेन्द्रराज आचार्यबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विशेष अदालत, काठमाडौंमा दर्ता भएको उक्त भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रुपमा पेस गरिएका आचार्यले प्रतिकूल बकपत्र गरेकाले उनीबिरुद्ध ९ लाख ५३ हजार ४ सय ९६ रूपैया ९० पैसा माग गरिएको छ ।
वादी नेपाल सरकार, प्रतिवादी विशाल घिमिरेसमेत भएको राजश्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा अनुसन्धान अधिकारीलाई सहयोग गरी प्रमाण संकलन गर्न सहयोग गरेको आधार र कारणबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेस गरिएका रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्रराज आचार्यले विशेष अदालत, काठमा्डौंमा २०८३ भदौ १० गते बकपत्र गर्दा आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान बेहोराको प्रतिकूल हुनेगरी बकपत्र गरेका थिए ।
आचार्यले बागमती नगरपालिकासँग प्रचलित कानुन भन्दा कम मूल्यमा वन पैदावार (नदीजन्य पदार्थ) खरिद गर्न सम्झौता गरी खरिद गर्ने कार्यमा संलग्न भएको उक्त कार्य कसुर भएको तथा सागरनाथ वन विकास परियोजना क्षेत्रमा रोयल्टी दाखिला नगरी नगराई गैरकानुनी तवरबाट वन पैदावार उत्खनन् गरी गराई राजश्व चुहावट गर्ने गराउने कसुरजन्य कार्यमा मुख्य कसुरदारहरुसँगको मिलेमतोमा गैरकानुनी लाभ लिई दिई कसुर कार्यमा सहयोग पुर्याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) बमोजिमको कसुरजन्य कार्यको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा रसुवा कन्स्ट्रक्सनले बागमती नगरपालिकासँग सम्झौता गरी खरिद गरेको ३००० घनमिटरको हुन आउने बिगो माग गरी मुद्दा दायर गरेको छ । रसुवा कन्ष्ट्रक्सन नेपाली कांग्रेसका रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको हो ।
काठमाडौं । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा.सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशन अन्तर्गत बिहीबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष...
काठमाडौँ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशवकुमार झासहित ९ जनाले पार्टी छाडेका छन्। झा, चन्द्रानन्द मिश्र, पंकजकुमार देब, हिरालाल मण्डल, अनुपम झा, रिषिका...
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्। बैठकमा नवीनतम प्रविधि तथा डिजिटल सुशासन,युवा स्वरोजगार...
काठमाडौँ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली थ्री एको टनेल भित्र फसेका ६ वटा शव निकालिएको छ । भदौ १० गते रसुवाको भोटेकोसीमा...
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्न लागेको हो। सरकारका नियमित तथा समसामयिक विषयहरूमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend