काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहजीकरण र प्राविधिक सहयोगका लागि कुलमान घिसिङ आफ्नो टोलीसहित आयोजनास्थल पुगेका छन् ।
नेपाली सेनाले सहजीकरणका लागि बोलाएपछि आफूहरु चिलिमे पुगेको घिसिङले बताए ।
‘सुरुङभित्रको उद्धार कार्य कसरी अगाडि बढाउने भन्ने विषयमा नेपाली सेनाको टोलीसँग घिसिङ र उनको टोलीले आवश्यक छलफल गरिसकेको छ । छलफल सकिएलगत्तै टोली अहिले कार्यस्थल (साइट) मोबिलाइज भइरहेको उनले जानकारी दिए ।
घिसिङसँग सो आयोजनास्थलमा पहिले चार वर्ष प्रत्यक्ष रुपमा बसेर काम गरेको अनुभव रहेको छ । यसबाहेक नेपाल विद्युत् प्राधिकरणमा रहँदा पनि आठदेखि नौ वर्ष सो क्षेत्रसँग सम्बन्धित भएर काम गरेका थिए । सोही लामो कार्यअनुभव र सुरुङको भौगर्भिक बनावटबारे जानकारी भएकाले सेनाले उनलाई छलफलका लागि बोलाएको हो ।
सुरुङभित्र अहिले जनशक्तिमार्फत (म्यानुअली) काम भइरहेको छ, भने एक्सकाभेटर प्रयोग गरेर उद्धार अगाडि बढाउने निर्णय भएको छ । कार्यस्थलमा एक्सकाभेटर पु¥याउने काम जारी रहेको र आज बेलुका वा भोलि बिहानसम्ममा सुरुङभित्र एक्सकाभेटर छिराएर काम तीव्र पारिने घिसिङले बताएका छन् ।
उद्धार कार्यलाई निरन्तरता दिन र सेनाको टोलीसँग सहकार्य जारी राख्नका लागि घिसिङ र उनको प्राविधिक टोली भोलिसम्म घटनास्थलमै रहने भएको छ ।
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
काठमाडौँ । प्रतिनिधि सभा, अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ । अध्ययन तथा...
काठमाडौँ। बाढीका कारण प्रभावित भएको आपूर्ति व्यवस्थापछि काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव न्यूनीकरण गर्न सरकारले विशेष व्यवस्था लागू गर्ने निर्णय गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend