काठमाडौं । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सभित्र निर्मित जेनजी सहिदहरुको शालिक अनावरण कार्यक्रम स्थगित भएको छ ।
अधिकांश जेनजी सहिदहरुको अनुहार नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि आज अनावरण हुन नसकेको हो ।
गत वर्ष भदौ २३ मा भएको जेनजी आन्दोलनमा सहिद भएका युवाहरुको शालिक बनाउने निर्णय सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रीपरिषदले गरेको थियो । सोही सरकारका पालामा निर्माण थालिएरष् अहिले सम्पन्न भएको हो ।
भदौ २३ को एक वर्ष पुरा भएको अवसरमा आज शालिक अनावरण गर्न लागिएको थियो ।
अनावरण कार्यक्रममा सबै सहिद परिवारहरु निम्त्याइएका थिए । गृहमन्त्री सुदन गुरुङ र पूर्वाधारमन्त्री सुनील लम्साल पनि शालिकस्थलमा आइसकेका थिए । यस्तै सुशीला सरकारका सञ्चारमन्त्री जगदिश खरेलदेखि सांसद तोसिमा कार्की सम्मको उपस्थिति थियो ।
औपचारिक अनावरणपूर्व परिवारका सदस्यले सम्बन्धित सहिदको शालिक हेर्न पर्दा उघारे । तर कसैले पनि चित्त बुझाएनन् । आफूहरुले दिएको तस्विरभन्दा शालिकको अनुहार फरक परेको उनीहरुको गुनासो थियो ।
उनीहरुले मन्त्रीहरुलाई पनि सो गुनासो राखेपछि अनावरण कार्यक्रम स्थगित गरिएको छ । अब एक महिनाभित्र सबै शालिकहरुलाई पुनर्निर्माण गरिने मन्त्रीहरुले बताएका छन् ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend