काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा स्थापित भएको बताएका छन्।
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले नेपाली जनताको आत्मनिर्णयको अधिकार,राष्ट्रिय स्वाधीनता तथा नेपाली इतिहासका गौरव र धरोहरमाथि भएको विध्वंसले समेत उक्त दिनलाई कालो दिन बनाएको बताएका हुन्।
‘युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्य एउटै विषय होइनन्। दुईलाई एउटै दृष्टिले हेर्नु इतिहास र सत्य दुवैमाथि न्याय हुँदैन,’उनले लेखेका छन्,‘वस्तुतः प्रतिक्रान्तिकारी विध्वंसले भदौ २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा एउटा कालो दिनका रूपमा स्थापित गरेको छ। नेपाली जनताको आत्मनिर्णयको अधिकार, राष्ट्रिय स्वाधीनता र नेपाली इतिहासका गौरव तथा धरोहरमाथिको विध्वंसले समेत यसलाई कालो दिन नै बनाएको छ।’
जेन–जी विद्रोहका नाममा आफ्नो पार्टी,नेतृत्व र राजनीतिक शक्तिमाथि गरिएको आक्रमणलाई सामान्य राजनीतिक घटनाका रूपमा स्वीकार गर्न नसकिने उनको भनाइ छ।
उनले घटनाको सत्य स्थापित गर्न निष्पक्ष,स्वतन्त्र र तथ्यमा आधारित छानबिन आवश्यक रहेको बताएका छन्। ‘को दोषी थियो रु आन्दोलनमाथि दमन किन र कसरी भयो रु कसले आन्दोलन भड्कायो रु कसले हिंसा, लुटपाट र विध्वंस मच्चायो रु त्यसबाट लाभ कसले उठायो रु र यसले नेपालको लोकतान्त्रिक प्रक्रियामा कस्तो प्रभाव पार्यो रु यी सबै प्रश्नको सत्यतथ्य उजागर गर्नुपर्छ,’उनले भनेका छन्। दोषी जोसुकै भए पनि र जुनसुकै राजनीतिक पहुँच वा शक्तिमा भए पनि कानुनको दायरामा ल्याइनुपर्ने प्रचण्डको भनाइ छ।
प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट,तोडफोड र आगजनी निरन्तर हुनु, संगठित समूहको परिचालन भएको देखिनु तथा प्रज्वलनशील पदार्थको प्रयोगलगायतका घटनाले यस प्रकरणका पछाडि रहेका गम्भीर प्रश्नलाई थप बलियो बनाएको उनले बताएका छन्।
त्यसपछि भएका संसद् विघटन,गैरदलीय सरकार गठन,निर्वाचनको घोषणा र राज्यका विभिन्न निर्णयले समेत घटनाको समग्र सत्य निरूपणका लागि थप अनुसन्धान आवश्यक रहेको तथ्य स्पष्ट पार्ने उनको भनाइ छ।
राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा भएको दमन,हिंसा तथा तोडफोडसम्बन्धी अध्ययन गरी तयार पारेको प्रतिवेदनले समेत घटनामा संलग्न विभिन्न पक्षमाथि अनुसन्धान तथा कारबाहीको आवश्यकता औँल्याएको प्रचण्डले उल्लेख गरेका छन्।
‘आयोगको प्रतिवेदन दराजमा थन्क्याउने विषय होइन,कार्यान्वयन गर्ने दस्तावेज हो,’उनले भनेका छन्,‘प्रतिवेदनमा औँल्याइएका विषयमा निष्पक्ष अनुसन्धान गरी सम्पूर्ण दोषीमाथि कानुनी कारबाही गर्न आवश्यक छ।’
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend