Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • राज्यबाट प्राप्त राहत एकद्वार नीतिबाट पालिकाले बितरण गर्ने निर्णय गरिएको छ : नौकुण्ड गाउँपालिका अध्यक्ष घले


    मंगलबार, भाद्र २३ २०८३
    95
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • नुर्बु स्याङ्बो घले नौकुण्ड गाउँपालिका रसुवाका अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित हुनुभएको हो । यो गाउँपालिकामा भदौ १० गतेको महाबिनाशकारी बाढीमा अन्य गाउँपालिकाको तुलनामा कम क्षति भएको छ । तथापि खोजी, उद्दार र राहतका लागि गाउँपालिकाका जनप्रतिनिधिहरु अत्यन्तै सक्रियताका साथ खटिइरहनुभएको छ । यसै बिषयलाई लिएर अध्यक्ष घलेसँग गरिएको छोटो अन्तर्वार्ताः

    ० तपाईंको गाउँपालिकामा कति क्षति पुगेको प्रारम्भिक आँकलन आएको छ ?

    हाम्रो गाउँ पालिकामा ६२ जना हराएका छन् । रसुवामा अन्य ठाउँमा जाने बाटो नौकुण्डबाट गएको छ । बाटोघाटोको असुविधा भएको कारण ठूलो समस्या परेको छ । त्रिशुलीबाट आउने बाटो बन्द भएको छ । त्यसैले ठूला गाडीहरु आउन सक्तैनन् । ६२ जना हराएको एकीन भएतापनि बसाई सराई गरेका र यात्रा गर्ने क्रममा यहाँसम्म आइपुगेकाहरु गर्दा ६७/६८ जना फसेको बताइन्छ ।

    ० गाउँपालिकामा खाद्यान्न मौज्दातको कस्तो अवस्था छ ?

    बर्षायाममा सबै बाटो बिग्रिएर गाउँ–गाउँमा मोटर पुग्न सक्दैन । लाच्याङ, भोर्ले, समरथलीमा चाहिँ त्यति असर देखिँदैन तथापि खानेकुराहरु तेल, नूनहरु सिद्धिएको अवस्था छ ।

    ० यो गाउँपालिकाले अर्को गाउँपालिकालाई पनि सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा एक जना अध्यक्षले पनि सार्वजनिक गर्नुभएको छ नि ?

    नौकुण्ड गाउँपालिकाले १० गतेको बिनाशपश्चात् ११ र १२ गते बिपदलाई मध्यनजर गरी छिमकी उत्तरगया गाउँपालिका केही खाद्यान्न पठाएको हो । राज्यबाट पनि उक्त समयमा राहत आउने कुरै थिएन । त्यसैले मानवताका नाताले बाँच्नका लागि मात्रै भएपनि नून, तेल चामलमात्रै पठाएका हौं ।

    ० राज्यबाट कस्तो खालको सहयोग उपलब्ध भएका छन् त ?

    हामी पाँच वटा गाउँपालिकामध्ये कम पीडामा परेका छौं । आज हामीले बैठकबाट निर्णय गरी राज्यबाट प्राप्त राहत सहयोगहरु एकद्वार नीतिबाट नै पालिकाले वितरण गर्ने भन्ने सहमति गरिएको छ । यो पालिकामा पनि अत्यन्तै दुःख छ । किनकि चामललगायतका खाद्यान्नहरु आएको छैन । ठूला गाडीहरु आउन मानिरहेका छैनन् । आइतवारदेखि यहाँबाट ७ बजे जाने र तलदेखि ११ बजेसम्म फर्कने गरी व्यवस्था मिलाइएको छ ।

    ० यो पालिकामा परेका जलविद्युत आयोजनामा के कस्तो क्षति र असर परेको जानकारी पाउनुभएको छ ?

    यो पालिकामा बेत्रावती हाइड्रोपावर र रसुवा हाइड्रोपावर गरी दुई वटा पर्दछन् । जुन ७ र १४ मेगावाटका छन् । जहाँ काम भइरहेको छ । तिनीहरुलाई पनि हामीले गाउँपालिकाको दैवी प्रकोप खातामा जम्मा गर्नु भनी निर्णय गराएका छौं ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार