Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • इजरायलमा १,४६४ नेपाली सहायक कामदार माग, अनलाइन आवेदन खुला


    मंगलबार, भाद्र २३ २०८३
    135
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि १ हजार ४ सय ६४ जना नेपाली सहायक कामदारका लागि आवेदन खुलेको छ।

    वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै गम्भीर अपांगता भएका व्यक्तिहरूको स्याहारका लागि कामदार माग गरिएको जनाएको छ।

    इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। विभागका अनुसार कुल माग संख्यामध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार