काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावितको खोज तथा उद्दारका लागि अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण र विशेष सामग्रीहरू माग गरेको छ ।
जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको उद्धार गर्न र बाक्लो लेदोका कारण उद्दार टोली पुग्न नसकेका स्थानमा खोजी गर्न सरकारले विदेशी नियोग र मित्रराष्ट्रहरूसँग सहयोग मागेको हो ।
प्रभावित क्षेत्रमा उद्धार अभियानलाई तीव्रता दिन र जोखिम न्यूनीकरण गर्न उच्च प्राविधिक उपकरणहरूको सूची नै बनाएर सहयोगको अपिल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अप्ठ्यारो भूबनोट, पहिरोग्रस्त क्षेत्र र सुरुङभित्रको अवस्था स्क्यानिङ गरी बेपत्ताको खोजी गर्न उच्च क्षमताका ड्रोन र लाइडरको माग गरेको छ ।
त्यस्तै बाक्लो लेदो र जलविद्युत् आयोजनाका सुरुङमा पसेर सुरक्षित उद्धार गर्न प्रयोग गरिने विशेष पोसाक अर्थात् मड÷टनेल रेस्क्यु सुट पनि माग गरेको छ ।
डुबानमा परेका क्षेत्र र सुरुङभित्र जमेको पानी तथा लेदो तत्काल बाहिर फाल्न उच्च क्षमताका पम्प पनि माग गरिएको छ । त्यसैगरी, बाढीले बगाएका पुलहरूको स्थानमा तत्काल जडान गरी सडक सञ्जाल सुचारु गर्न बेली ब्रिजहरू, डीएनए परीक्षण किट र ल्याब फ्रिजर पनि माग गरिएको छ ।
सरकारले अन्तर्राष्ट्रिय समुदायसँग महामारी रोकथामका सामग्री पनि माग गरेको छ । विपद्पछि प्रभावित क्षेत्रमा फैलिन सक्ने सरुवा रोग र महामारी नियन्त्रणका लागि आवश्यक पर्ने चिकित्सकीय तथा स्वास्थ्य सामग्री सरकारले माग गरेको हो ।
सुरुङभित्र अझै मानिसहरू फसेको र बाक्लो लेदोका कारण म्यानुअल उद्धारमा सुरक्षा जोखिम बढेकाले ‘टनेल रेस्क्यु सुट’ र ‘लाइडर’ प्रविधि नेपालका लागि तत्काल अत्यावश्यक बनेको मन्त्रालयले जनाएको छ । यी उपकरण प्राप्त भएमा बेपत्ताहरूको खोजी, उद्धार र पहिचान कार्य निकै छिटो र प्रभावकारी हुने सरकारको विश्वास छ ।
सुरुङभित्र फसेकाहरूको उद्धार गर्न पाँच देशका विशेषज्ञ टिम परिचालन गरिएको छ । सरकारले नेपाली सेनाको समन्वयमा भारत, चीन, दक्षिण कोरिया, यूएई र मलेसियाका विशेष टनेल उद्धार टोली परिचालन गरेको हो ।
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ । भोलि बस्नेगरी बैठक बोलाइएको समितिका सदस्य सचिव राजु कटुवालले बताए । उनका अनुसार बैठक...
धनगढी। सुदूरपश्चिम प्रदेश सरकार सञ्चालनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच ४० बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ। प्रदेशमा संयुक्त सरकार गठन...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गरेका छन् । भाद्र १० गते हिमनदीको बरफ...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन उनी असोज ६ गते न्यूयोर्क जाने भएका...
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बिमा सेवा सहज रूपमा उपलब्ध गराउन विशेष व्यवस्था गरेको छ। बोर्डले प्रेस...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend