काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बिमा सेवा सहज रूपमा उपलब्ध गराउन विशेष व्यवस्था गरेको छ।
बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै तीनवटै जिल्लाका स्वास्थ्य बिमा सेवा प्रदायक स्वास्थ्य संस्थामा तोकिएको अवधिसम्म सेवाग्राहीले तिर्नुपर्ने सहभुक्तानी (को-पेमेन्ट) र उपचार खर्चको अधिकतम सीमा (क्यापिङ) हटाउने निर्णय भएको जनाएको छ।
रसुवाको लेहेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीबाट रसुवा, नुवाकोट र धादिङ अति प्रभावित भएपछि सरकारले ती जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ।
बाढीबाट प्रभावित व्यक्तिसँग स्वास्थ्य बिमा परिचयपत्र नभएको अवस्थामा पनि सेवा उपलब्ध गराइने भएको छ। त्यस्ता व्यक्तिलाई सेवा प्रदायक स्वास्थ्य संस्थाले उपलब्ध गराइएको ‘आईएमआईएस(युजर’ प्रणालीमार्फत स्वास्थ्य बिमा नम्बर पहिचान गरी सेवा दिनुपर्नेछ।
बोर्डले तीनवटै जिल्लाका सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्णय कार्यान्वयन गरी नागरिकलाई सहज रूपमा स्वास्थ्य बिमा सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।
स्वास्थ्य बिमा बोर्डका प्रवक्ता एवं वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा। पवनकुमार साहले बोर्डको निर्णयबारे सम्बन्धित सबैलाई जानकारी गराएका छन्।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend