काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बिमा सेवा सहज रूपमा उपलब्ध गराउन विशेष व्यवस्था गरेको छ।
बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै तीनवटै जिल्लाका स्वास्थ्य बिमा सेवा प्रदायक स्वास्थ्य संस्थामा तोकिएको अवधिसम्म सेवाग्राहीले तिर्नुपर्ने सहभुक्तानी (को-पेमेन्ट) र उपचार खर्चको अधिकतम सीमा (क्यापिङ) हटाउने निर्णय भएको जनाएको छ।
रसुवाको लेहेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीबाट रसुवा, नुवाकोट र धादिङ अति प्रभावित भएपछि सरकारले ती जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ।
बाढीबाट प्रभावित व्यक्तिसँग स्वास्थ्य बिमा परिचयपत्र नभएको अवस्थामा पनि सेवा उपलब्ध गराइने भएको छ। त्यस्ता व्यक्तिलाई सेवा प्रदायक स्वास्थ्य संस्थाले उपलब्ध गराइएको ‘आईएमआईएस(युजर’ प्रणालीमार्फत स्वास्थ्य बिमा नम्बर पहिचान गरी सेवा दिनुपर्नेछ।
बोर्डले तीनवटै जिल्लाका सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्णय कार्यान्वयन गरी नागरिकलाई सहज रूपमा स्वास्थ्य बिमा सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।
स्वास्थ्य बिमा बोर्डका प्रवक्ता एवं वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा। पवनकुमार साहले बोर्डको निर्णयबारे सम्बन्धित सबैलाई जानकारी गराएका छन्।
धनगढी। सुदूरपश्चिम प्रदेश सरकार सञ्चालनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच ४० बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ। प्रदेशमा संयुक्त सरकार गठन...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गरेका छन् । भाद्र १० गते हिमनदीको बरफ...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन उनी असोज ६ गते न्यूयोर्क जाने भएका...
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गरेको छ। भोटेकोशी बाढी प्रभावितको लागि कांग्रेसले उक्त सहयोग गरेको हो। आज महामन्त्री...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेलले आज सोमबार दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेको राष्ट्रपति पौडेलका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend