Nepal Face
  • सोमबार, २२ भाद्र २०८३
  • हिमपहिरोजस्तो महाविपत्तिमा राजनीति नगरौँ: सभामुख


    सोमबार, भाद्र २२ २०८३
    100
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • धादिङ । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले बाढी र हिमपहिरोजस्तो महाविपत्तिमा राजनीतिक दोषारोपण र अनावश्यक टिकाटिप्पणीबाट माथि उठेर काम गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

    गल्छी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्को समयमा सबै नेपाली राजनीतिभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने बताएका हुन्।

    सभामुख अर्यालले अहिले हतारमा गरिने पुनर्स्थापना र पुनर्निर्माण पूर्ण रूपमा अस्थायी मात्र हुने बताए । ‘जोखिमयुक्त ठाउँमा राख्न नसकिने हुँदा संघीय सरकारले स्पष्ट कानुन र विधि नबनाएसम्म स्थायी संरचना निर्माण गर्नु हुँदैन,’ उनले भने, ‘चाडपर्वलाई लक्षित गर्दै दशैँ र तिहारभन्दा अगाडि नै पीडितहरूलाई फास्ट ट्रयाकमा पुनर्स्थापना गर्ने सरकारको प्राथमिकता छ।’

    सभामुख अर्यालले राहत वितरणमा कुनै घरमा १० बोरा चामल पुग्ने तर अर्को घरमा १० किलो पनि नपुग्ने विभेदकारी अवस्था नआओस् भन्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा एकद्वार प्रणाली लागू गर्न खोजिएको प्रस्ट पारे । ‘स्वदेशी तथा विदेशी दातृ निकाय र नागरिकहरूबाट प्राप्त राहत सामग्रीहरूलाई समयमै र व्यवस्थित रूपमा वितरण गरिनुपर्छ,’ उनले भने ।

    सभामुख अर्यालले विपत्तिमा परेर पीडामा रहेका नागरिकलाई हतारहतार फारम भर्न वा निश्चित समयभित्रै क्षतिको विवरण बुझाउन दबाब दिएर अत्याउने काम गर्नु नहुनेमा जोड दिए ।

    साथै, उद्धारमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नागरिक समाज र स्वयंसेवकहरूको योगदानको उनले उच्च प्रशंसा गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार