Nepal Face
  • आइतबार, २१ भाद्र २०८३
  • राप्रपा महामन्त्री शरदराज पाठकद्वारा पार्टी परित्याग


    आइतबार, भाद्र २१ २०८३
    50
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन् । उनले महामन्त्रीलगायत सबै जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको घोषणा गरेका हुन् ।

    एक विज्ञप्ति जारी गर्दै पाठकले पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै दिक्कलाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त सङ्घर्ष झन् झाङ्गिँदै गएको गुनासो गरेका छन् ।

    उनले भनेका छन्, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने जस्तो कठोर नारालाई मूलमन्त्र मानेको बताउने पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव छ । पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै दिक्कलाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त सङ्घर्ष झन् झाङ्गिँदो छ । जसले गर्दा नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवाहरूलाई छिटपुट अपवादबाहेक आकर्षित गर्नै नसक्ने स्थिति छ ।’

    आफूलगायत नयाँ जोडिएका साथीहरूले सो अवस्थामा परिवर्तन ल्याउन सक्ने कुनै सम्भावना नदेखेको उनले बताएका छन् ।

    उनले राप्रपाको तल्ला तहहरूमा रहेका पार्टीका अनगिन्ति नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता अतुलनीय र प्रेरणादायी रहेको टिप्पणी गरेका छन् ।

    पाठक रविन्द्र मिश्रसँगै विवेकशील साझा पार्टीबाट राप्रपामा आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार