Nepal Face
  • आइतबार, २१ भाद्र २०८३
  • पार्टी एकढिक्का बनाउन त्याग गर्न तयार छु: शेखर कोइराला


    आइतबार, भाद्र २१ २०८३
    80
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने त्यागका लागि तयार रहेको बताएका छन् ।

    सभापति गगन थापासँग आज भएको भेटमा नेता कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको बताएका थिए ।

    ‘पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पार्नुभयो,’ भेटमा कोइरालाले राखेको विचारबारे उनको सचिवालयले भन्यो ।

    जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएका थिए ।

    भेटमा दुई नेताबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधान र बाढीग्रस्त क्षेत्रको अवस्थाबारे चर्चा भएको थियो ।

    रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको जानकारी गराइएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार