Nepal Face
  • आइतबार, २१ भाद्र २०८३
  • वीरगञ्जको क्यासिनोबाट गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित आठ जना पक्राउ


    आइतबार, भाद्र २१ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पर्साको वीरगञ्जस्थित क्यासिनोमा गैर कानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित आठ जना पक्राउ परेका छन्।

    शनिबार राति वीरगञ्जको गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोमा छापामारी उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

    पक्राउ पर्नेहरूमा पर्साको सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष ३६ वर्षीय जसवन्त यादव, प्रहरी इन्स्पेक्टर प्रदीप पौडेल, सखुवाप्रसौनी–६ का ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन्।

    त्यसैगरी नेपाली नागरिकलाई नियम विपरीत क्यासिनो प्रवेश गराएको आरोपमा क्यासिनोका चार जना कर्मचारी पनि पक्राउ परेका छन्। पक्राउ पर्ने कर्मचारीहरूमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार