Nepal Face
  • आइतबार, २१ भाद्र २०८३
  • चिमिलेको सुरुङभित्र ६ जना फसेको जानकारी, उद्धार प्रयास जारी


    आइतबार, भाद्र २१ २०८३
    45
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भदौ १० को बाढीले क्षतिग्रस्त बनाएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा सुरुङ भित्र ६ जना फसिरहेको जानकारी प्राप्त भएको छ।

    प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार चिलिमेको सुरुङ भित्र ६ जना फसिरहेको जानकारी प्राप्त भएको हो।

    त्रिशूली ३ ‘ए’मा फसिरहेका दुई जनालाई उद्धार गर्न सफल भएपछि फर्किएका न्यौपाने चिलिमे जाँदै छन्।

    ‘उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदै छ’, न्यौपानेले फेसबुकमा लेखेका छन्।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीपछि चिलिमेबाट ६ जना नै सम्पर्कविहीन छन्।

    साइट कार्यालयमा ७१ जना कार्यरत रहेकामा अन्यले सुरक्षित स्थानमा गएर ज्यान जोगाएको इप्पानले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार