Nepal Face
  • आइतबार, २१ भाद्र २०८३
  • भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३४१ पुग्यो, बेपत्ता अझै कति ?


    आइतबार, भाद्र २१ २०८३
    100
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ४१ पुगेको छ ।

    नेपाल प्रहरीले आइतबार बिहान ७ः४० बजेसम्मको खोज तथा उद्धारसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीमा परी मृत्यु भएकामध्ये १ हजार ३७ शव जमिनमुनि व्यवस्थापन गरिएको जनाएको छ ।

    प्रहरीका अनुसार हालसम्म ९८ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ। यस्तै, १ हजार २९७ वटा शवको पहिचान हुन बाँकी रहेको छ ।

    बाढीपछि ठूलो संख्यामा मानिस अझै बेपत्ता छन्। प्रहरीको पछिल्लो विवरणअनुसार ४ हजार ४४ जना अझै सम्पर्कविहीन र बेपत्ता रहेका छन् ।

    यसैबीच, विपद्पछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा शव व्यवस्थापनको कामलाई प्रहरीले निरन्तरता दिएको जनाएको छ ।

    पहिचान हुन नसकेका शवको पहिचानका लागि डीएनए नमुना संकलन तथा आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार