काठमाडौँ । पछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको छ ।
नेपाल प्रहरीले आज आइतबार अध्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्डको अवस्थाबारे जानकारी गराएको छ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ स्थित चिसापानी र ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडामा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । काठमाडौँ-धादिङ र कान्ति लोकपथमा यात्रा गर्ने यात्रुहरूले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।
धादिङस्थित पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरोले समस्या निम्त्याएको छ । बेनीघाट रोराङ-७ कृष्णभिर र गजुरी-२ चालिसेमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने परेवा भिर र ज्वाङखोलामा एकतर्फी मात्रै बाटो खुलेको छ ।
यस्तै, बीपी राजमार्गको काभ्रे खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातको समयमा ९साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म० १० टनसम्मका मालबाहक सवारीलाई अर्को सूचना नभएसम्मका लागि रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधन सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।
रसुवाको उत्तरगया-५ खाल्टेमा बाढीका कारण त्रिशूली मैलुङ-स्याफ्रुबेशी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नुवाकोटको टोखा-छहरे सडकखण्डमा पनि सम्भावित बाढी र पहिरोका कारण रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्गमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ । यस्तै, कर्णाली प्रदेशको मुगु-गमगढी सडकखण्ड र कालीकोटको कर्णाली राजमार्गअन्तर्गत गगने खोलामा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नेपाल प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न र वर्षा भइरहेको समयमा पहिरो जान सक्ने जोखिमपूर्ण क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौँ । पर्साको वीरगञ्जस्थित क्यासिनोमा गैर कानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित आठ जना पक्राउ परेका...
काठमाडौँ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत...
काठमाडौँ। भदौ १० को बाढीले क्षतिग्रस्त बनाएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा सुरुङ भित्र ६ जना फसिरहेको जानकारी प्राप्त भएको छ। प्रतिनिधि सभा सदस्य तथा...
नारायणगढ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डिएनए’ नमूना सङ्कलन र पहिचान गर्ने काम भइरहेको...
गोरखा । जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ । आज विहान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend