Nepal Face
  • शनिबार, २० भाद्र २०८३
  • ११४ किलो गाँजासहित कार चालक पक्राउ


    शनिबार, भाद्र २० २०८३
    75
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।

    शुक्रबार राति करिब ८:४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाको संयुक्त टोलीले पकहामैनपुर गाउँपालिका–१ स्थित तिलाईपुल–भिष्वा सडकखण्डमा बा १८ च ३६५७ नम्बरको सेतो निशान कार जाँच गरेको थियो।

    तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको कारको पछाडिको डिकीमा प्लास्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेको प्रहरीले जनाएको छ। ती पोकाबाट प्लास्टिकसहित ११४ किलो २५ ग्राम गाँजा बरामद गरिएको हो।

    प्रहरीले कार चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ निवासी २१ वर्षीय साजन चेपाङलाई कार र गाँजासहित नियन्त्रणमा लिएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार