काठमाडौँ । नेपालमा विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन चीनले आपतकालीन जलविज्ञान तथा मौसमसम्बन्धी निगरानी सूचना नेपालसँग नियमित रूपमा साझा गर्ने भएको छ।
जलस्रोत मन्त्रालयका अनुसार चिनियाँ पक्षबाट उपलब्ध गराइने सूचनामा नदीको बहावमा अवरोध सिर्जना भएका स्थान तथा हिमतालका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमसम्बन्धी विवरणसमेत समावेश हुनेछन्। यसबाट सम्भावित जोखिमको समयमै आकलन तथा विपद् प्रतिकार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चीनको मौसमसम्बन्धी निकायले चीन(नेपाल केरुङ(रसुवा सीमा क्षेत्रमा गएको भीषण पहिरोपछि नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा सम्भावित प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको थियो।
उक्त विपद् घटेलगत्तै चीनको मौसम प्रशासनले नेपालका मौसम विज्ञान विभागसँग भिडियो माध्यमबाट परामर्शसमेत गरेको थियो। दुवै पक्षबीचको यस्तो समन्वयले सीमा क्षेत्रमा देखिन सक्ने मौसम तथा जलविज्ञानजन्य जोखिमबारे सूचना प्रवाहलाई थप व्यवस्थित बनाउने देखिएको छ।
चिनियाँ दूतावासका अनुसार आगामी दिनमा पनि आपतकालीन जल विज्ञानसम्बन्धी निगरानी तथा जोखिम सूचनाको आदानप्रदानलाई निरन्तरता दिइनेछ।
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि...
काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिकास्थित भट्टाडमा पहिरो जाँदा चमेलिया नदी थुनिएको छ । शुक्रबार दिउँसो २.३५ बजे भट्टाडमा ठूलो पहिरो जाँदा चमेलिया नदी थुनिएको हो...
काठमाडौँ । चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ। भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend