काठमाडौँ । चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ।
भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तुलाई त्यहाँ जाँचपास नगरी आन्तरिक परिवहन सुविधामार्फत सिधै चोभार ल्याउन सकिने व्यवस्था गरेको हो। विभागले सामान ढुवानी गर्ने सवारीसाधनका लागि सडक मार्गसमेत निर्धारण गरेको छ।
विभागका अनुसार भन्सार नियमावलीमा तोकिएका सर्त, प्रक्रिया तथा अन्य व्यवस्था पालना गर्ने गरी आन्तरिक परिवहनको सुविधा दिइएको हो। यो व्यवस्था अर्को निर्णय नभएसम्म लागू हुनेछ।
यससँगै कोरला नाकाबाट भित्रिएका सामान मुस्ताङ भन्सार कार्यालयमै जाँचपास गर्नुपर्ने बाध्यता हटेको छ। निर्धारित प्रक्रिया पूरा गरेर सामान चोभार सुक्खा बन्दरगाहसम्म ल्याई जाँचपास गर्न सकिनेछ।
विभागले मालवाहक सवारीसाधनका लागि कोरला नाकादेखि चोभारसम्मको मुख्य सडक मार्ग तय गरेको छ।
कोरलाबाट प्रवेश गरेका मालवाहक सवारी नेचुङ-छुसाङ-कागबेनी-जोमसोम-बेनीकुस्मा-पोखरा-दमौली-मुग्लिङ-कुरिनटार-नौबिसे-कलंकी हुँदै चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय पुग्नुपर्नेछ।
मुख्य रुटमा समस्या आएमा मालवाहक सवारीले वैकल्पिक मार्ग प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्ता सवारी मुग्लिङ-नारायणघाट-हेटौँडा-भैंसे-नौबिसे- कलंकी-चोभार हुँदै सुक्खा बन्दरगाह पुग्न सक्नेछन्।
गुडाएर ल्याइने नयाँ सवारीसाधनका लागि भने तत्काललाई हेटौँडातर्फको रुट निर्धारण गरिएको छ।
प्रलयकारी बाढीले रसुवागढी नाका तहसनहस बनाएपछि मुस्ताङस्थित कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग गर्न थालिएको छ। कोरलाबाट हुने आयातलाई सहजीकरण गर्न विभागले आन्तरिक परिवहन र चोभारमा जाँचपासको व्यवस्था मिलाएको हो।

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि...
काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिकास्थित भट्टाडमा पहिरो जाँदा चमेलिया नदी थुनिएको छ । शुक्रबार दिउँसो २.३५ बजे भट्टाडमा ठूलो पहिरो जाँदा चमेलिया नदी थुनिएको हो...
काठमाडौँ । नेपालमा विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन चीनले आपतकालीन जलविज्ञान तथा मौसमसम्बन्धी निगरानी सूचना नेपालसँग नियमित रूपमा साझा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend