Nepal Face
  • शुक्रबार, १९ भाद्र २०८३
  • माथिल्लो त्रिशूली- ३ ‘ए’को सुरुङबाट एउटा शव निकालियो


    शुक्रबार, भाद्र १९ २०८३
    50
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दुई जनाको जीवितै उद्धार भएको माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् आयोजनाको सुरुङमा एउटा शव फेला परेको उद्धारकर्मीहरूले जनाएका छन् ।

    आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीले सुरुङबाट एउटा शव निकालेका छन् । शवको अहिले पहिचान हुन बाँकी छ ।

    आयोजनाको सुरुङबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नेपाल विद्युत प्राधिकरणसमेतको उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरेको थियो ।

    उद्धार भएका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार