काठमाडौँ । सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ ।
मकालु गाउँपालिका वडा नम्बर–१ स्थित चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको सङ्खुवासभाका डीएसपी कुमार मैनालीले बताए । उनी कालिका आधारभूत विद्यालयका शिक्षक हुन् ।
हत्यामा भरुवा बन्दुक प्रयोग भएको देखिएको डीएसपी मैनालीले जानकारी दिए । सदरमुकामबाट १० घण्टा टाढाको दुरीमा रहेको घटनास्थलमा इन्स्पेक्टर नेतृत्वको प्रहरी टोली पुगेको छ । डीएसपी मैनाली पनि घटनास्थलतर्फ जाँदैछन् । हत्यामा संलग्नबारे अनुसन्धान सुरु गरिएको डीएसपी मैनालीले बताए ।
स्कुल परिसरमा भेटिएको उनको शव प्रहरीले मुचुल्का गरेर पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेका छन् । घटना बिहीबार साँझको भएको बताइएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend