काठमाडौँ। त्रिशूली-३ ‘ए’को सुरुङबाट उद्धार गरिएका सञ्जय साह र कविर महर्जनलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ।
भोटेकोसी नदीमा बाढी आएको १० औँ दिन (भदौ १९ गते बिहान) रसुवास्थित त्रिशुली ३ ‘ए’को सुरुङबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले उनीहरूको सकुशल उद्धार गरेका हुन्।
सुरुङभित्र फसेकामध्ये २ जनाको जिबितै उद्धार गरेर उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाएको नेपाली सेनाले जनाएको छ। उनीहरूको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु भएको छ।
उद्धार गरिएका साह आयोजनाका मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर हुन्।
उद्धार टोलीले दुई जना व्यक्तिको जिवितै उद्धार गरिएको र सुरुङभित्र थप खोज तथा उद्धार कार्य जारी रहेको पनि नेपाली सेनाले जनाएको छ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend