Nepal Face
  • शुक्रबार, १९ भाद्र २०८३
  • त्रिशूली- ३ ‘ए’ सुरुङबाट २ जनाको जीवितै उद्धार


    शुक्रबार, भाद्र १९ २०८३
    115
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ ।

    रास्वपा सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङ भित्रबाट सञ्जय साह र कविर महर्जनको जीवित उद्धार गरिएको हो ।

    यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो । उद्धारमा खटिएको टोलीले भित्र फसेकाहरूलाई ढाडस दिँदै ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’भनी कराउँदा भित्रबाट ‘हुन्छ’ भन्ने स्पष्ट प्रतिक्रिया आएको थियो ।

    कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर भएको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए ।

    शुक्रबार बिहान उद्धार भएका सञ्जय साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार