Nepal Face
  • बिहिबार, १८ भाद्र २०८३
  • चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल आइपुगे


    बिहिबार, भाद्र १८ २०८३
    120
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ जना नेपाली बिहीबार तातोपानी नाका हुँदै नेपाल आइपुगेका छन् ।

    बाढीका कारण चीनतर्फ फसेका १४७ नेपालीमध्ये ११४ जनालाई चिनियाँ पक्षले सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो ।

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार, नेपाल आइपुगेका ११४ जनामध्ये ११३ जना रसुवाका नागरिक छन् भने एक जना रामेछापका रहेका छन् ।

    चिनियाँ पक्षले नेपाल फर्काइएका नागरिकको राहदानी नम्बरलगायत विवरणसमेत नेपाली अधिकारीलाई उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार