Nepal Face
  • बिहिबार, १८ भाद्र २०८३
  • चिनबाट फरेन्सिक विज्ञ र बेली ब्रिजसहित तेस्रो लटको राहत नेपाल आइपुग्यो


    बिहिबार, भाद्र १८ २०८३
    50
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। रसुवामा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ।

    चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ‘वाई-२०ए’ ठुलो क्षमताको मालवाहक विमानमार्फत चीनबाट सो राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

    उक्त विमानबाट नेपालका लागि चिनियाँ विज्ञ टोलीको चौथो खेपअन्तर्गत १० जना फरेन्सिक विज्ञसमेत नेपाल आएका छन्। उनीहरूले बाढीमा ज्यान गुमाएकाहरूको पहिचान प्रक्रियामा नेपाल सरकारलाई प्राविधिक सहयोग गर्नेछन्।

    विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए। मन्त्री पुनले नेपाल ओर्लिएका चिनियाँ विज्ञ टोलीको स्वागत गरेका थिए।

    चीनबाट ल्याइएका राहत सामग्रीमा शव राख्ने फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणका सामग्री र दैनिक उपभोग्य वस्तुहरू छन्।

    तेस्रो चरणको राहत सामग्रीमा विपद् उद्धार तथा पुनःस्थापनाका लागि नेपाललाई अत्यावश्यक रहेका बेली ब्रिजसमेत समावेश गरिएका छन्। पहिलो चरणमा उपलब्ध गराइने बेली ब्रिज जडानका लागि आवश्यक पर्ने विशेष उपकरणहरू भने स्थलमार्ग हुँदै लिजी(नेचुङ सीमा नाकामा आइपुगेको जानकारी दिइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार