Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • संसद् बैठकमै ढले कांग्रेस सांसद खड्का, अस्पताल लगियो 


    बिहिबार, भाद्र १८ २०८३
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभा बैठक चलिरहेका बेला सार्वजनिक लेखा समितिका सभापति एवम् नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्का संसद्‌को सभाकक्षमै ढलेका छन्।

    संसद् भवनमा जारी बैठकमा आफू बसेको कुर्सीबाट एक्कासि ढलेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।

    डोटीबाट निर्वाचित सांसद खड्का उच्च रक्तचाप ९हाई ब्लड प्रेसर० का कारण चक्कर आएर ढलेको बताइएको छ। सांसद खड्का ढले लगत्तै सभामुखले बोल्दै गरेका सांसद सोम शर्मालाई रोकेर सदनको कारबाही केहीबेरका लागि स्थगित गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार