काठमाडौं । भोटेकोसी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार २ सय २२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
बुधबार राति ८ बजेसम्मको विवरणअनुसार ३८ बालक, ४३ बालिका, ४०६ पुरुष, २३६ महिला, ४२१ आंशिक अंग र ८२ नखुलेको गरी जम्मा १ हजार २ सय २२ जना मृत भेटिएका हुन् ।
बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, अझै ४ हजार ८ सय ७५ जना बेपत्ता छन् ।
बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्राधिकरणका अनुसार नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार १९९ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन र पूर्वऊर्जामन्त्री कुलमान घिसिङबिच भेटवार्ता भएको छ। बिहीबार बिहान ११ बजेदेखि नै उनीहरूबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा...
काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरबाट सडकमा खसेको पहिरो पन्छाउन काम अगाडि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयले आज (बिहीबार) बिहान दिएको जानकारीअनुसार पहिरोका दुवै छेउबाट १८ जना...
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले आज बिहान १०स्०० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक...
काठमाडौँ। त्रिशूली ३ ‘ए’को सुरुङमा फसेकाहरूको उद्धार कार्य निरन्तर रूपमा जारी छ। उद्धारकर्ताहरु अवरोध पन्छाउँदै भित्रसम्म जाने प्रयास गरिरहेका छन्। केबल डक्ट सुरुङको प्रवेश क्षेत्रको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend