काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण बेपत्ता हुनेका आफन्तहरूले कुशको प्रतिमा बनाएर दाहसंस्कार गर्न थालेका छन् । बुधबार पशुपति आर्यघाटमा आफन्तहरूले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका हुन् ।
पशुपति विकास कोषअन्तर्गत आर्यघाटमा दाउरा व्यवस्थापनमा खटिएका कर्मचारी बुद्ध तामाङले आफन्तहरूले बुधबार बिहानैदेखि कुशका शव बनाएर सामूहिक अन्त्येष्टि गरेका जानकारी दिए । कुशको प्रतिमा बनाएर निःशुल्क अन्येष्टिको व्यवस्था गरिएको उनले बताए ।
‘बेपत्ताका आफन्तहरूले आज बिहानैबाट परम्पराअनुसार कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्न आउनुभएको छ,” उनले भने, “एकजना व्यक्तिदेखि र समूहकै पनि दाहासंस्कार हुनसक्ने भएकाले के कति भनेर संख्या गन्न सम्भव हुने कुरा भएन ।’
आर्यघाटमा बिहानैबाट भिडभाड रहेको उनले बताए । कतिपयले बेपत्ताको फोटोजस्तो बनाएर श्रद्धाञ्जली दिने गरेको पनि उनले बताए । त्यस्तै, पशुपतिस्थित क्रियापुत्री घरसमेत भरिएको छ ।
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ जना नेपाली बिहीबार तातोपानी नाका हुँदै नेपाल आइपुगेका छन् । बाढीका कारण चीनतर्फ फसेका १४७...
काठमाडौँ। रौतहट जिल्लाको ईशनाथ नगरपालिका–३ औरैयास्थित एक स्थानीयको घरबाट भाद्र १७ गते कष्मेटिक तथा सुर्तीजन्य सामान बरामद भएको छ । सोही ठाउँ नन्दकिशोर गुप्ताको घरमा...
काठमाडाैं । सरकारले रसुवा बाढीमा खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु...
काठमाडौँ। सरकारले रसुवा भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने भएको छ। आज (बिहीबार) को मन्त्रिपरिषद् बैठकले बाढीको १३ औँ दिन अर्थात् भदौ २२...
काठमाडौं । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । अघिल्लो वर्ष भर्दा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend