Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • रुपन्देही मालपोतका तत्कालीन प्रमुख अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    बुधबार, भाद्र १७ २०८३
    360
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मालपोत कार्यालय, भैरहवामा कार्यरत तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत पाँच जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।

    आयोगले आचार्यसहित तत्कालीन नायब सुब्बा लक्ष्मणप्रसाद न्यौपाने, नायब सुब्बा अजितकुमार साहनी (चाई), खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराज कान्त मिश्रलाई प्रतिवादी कायम गरी आरोप पत्र दायर गरेको हो।

    अनुसन्धानका क्रममा रुपन्देहीको साविक भुजौली गाउँ पञ्चायत–९९ख० का कित्ता नम्बर ७, २९, ३२, ६७, ६८, ९२ र ९४ का जग्गा हदबन्दीमा परेपछि कालीजी मन्दिरका लागि छाडिएको तथ्य प्रमाणबाट देखिएको आयोगले जनाएको छ। २०२२ सालमै हदबन्दीका कारण उक्त जग्गा छाडिएको र २०२६ सालको सर्भे नापीमा समेत कालीजी मन्दिरलाई दान गरिएको विवरण रहेको आयोगको भनाइ छ।

    मन्दिरका लागि छाडिएको तथा सार्वजनिक प्रयोगमा रहेको उक्त जग्गा पछि व्यक्ति विशेषको नाममा दर्ता कायम गरिएको आयोगको अनुसन्धानबाट खुलेको दाबी छ। सरकारी नाममा दर्ता श्रेस्ता कायम गर्न बाँकी रहेको हदबन्दीको जग्गालाई आवश्यक कानुनी प्रक्रिया पूरा नगरी व्यक्तिको नाममा दर्ता गराइएको आरोप पत्रमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार