नवलपरासी। रसुवा बाढीका कारण नारायणी नदी (गण्डक क्षेत्र) मा बगेर नवलपरासीसम्म आइपुगेका १९५ वटा शवमध्ये १४५ वटाको व्यवस्थापन गरिएको छ। भारतीय क्षेत्रमा फेला परेका १४ वटासहित बाँकी रहेका ५० वटा शवको व्यवस्थापन भने अझै हुन सकेको छैन।
फेला परेका शवमध्ये हालसम्म ५ जनाको मात्रै सनाखत भएको छ। पृथ्वीचन्द्र अस्पताल परासीमा रहेका सबै शवको व्यवस्थापन भइसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी मदन थापाले जानकारी दिए।
परासी अस्पतालमा ठाउँ अभाव भएपछि केही शवहरू भैरहवाको भीम अस्पताल, बुटवलको प्रादेशिक अस्पताल र कपिलवस्तुको पिपरा अस्पतालमा पठाइएको थियो। तीमध्ये बाँकी रहेका ५० वटा शवहरू पनि क्रमशः नवलपरासी ल्याएर व्यवस्थापन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
अहिलेसम्म सुनवल नगरपालिका–४ स्थित मूलपानी सामुदायिक वनको अलकत्रा डाँडा र बर्दघाट नगरपालिका–२ स्थित चिसापानी सामुदायिक वनको हाइटेन्सन वरपरका क्षेत्रमा शवहरूको व्यवस्थापन गरिएको छ।
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण बेपत्ता हुनेका आफन्तहरूले कुशको प्रतिमा बनाएर दाहसंस्कार गर्न थालेका छन् । बुधबार पशुपति आर्यघाटमा आफन्तहरूले कुशको...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मालपोत कार्यालय, भैरहवामा कार्यरत तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत पाँच जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपमा विशेष अदालत, काठमाडौँमा...
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्ने प्रस्ताव अघि सारेको छ। चुनदेवीमा जारी...
काठमाडौँ। प्रतिनिधि सभा बैठकले भोटेकोसीको बाढीले निम्त्याएको विपद्बारे विशेष प्रस्ताव पारित गरेको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपद्बारे विशेष प्रस्ताव प्रस्तुत गरेका...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर भएको आरोप लगाएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend