Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • रसुवा बाढी: नवलपरासीमा पहिचान हुन नसकेका १४५ वटा शवको गरियो व्यवस्थापन


    बुधबार, भाद्र १७ २०८३
    350
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नवलपरासी। रसुवा बाढीका कारण नारायणी नदी (गण्डक क्षेत्र) मा बगेर नवलपरासीसम्म आइपुगेका १९५ वटा शवमध्ये १४५ वटाको व्यवस्थापन गरिएको छ। भारतीय क्षेत्रमा फेला परेका १४ वटासहित बाँकी रहेका ५० वटा शवको व्यवस्थापन भने अझै हुन सकेको छैन।

    फेला परेका शवमध्ये हालसम्म ५ जनाको मात्रै सनाखत भएको छ। पृथ्वीचन्द्र अस्पताल परासीमा रहेका सबै शवको व्यवस्थापन भइसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी मदन थापाले जानकारी दिए।

    परासी अस्पतालमा ठाउँ अभाव भएपछि केही शवहरू भैरहवाको भीम अस्पताल, बुटवलको प्रादेशिक अस्पताल र कपिलवस्तुको पिपरा अस्पतालमा पठाइएको थियो। तीमध्ये बाँकी रहेका ५० वटा शवहरू पनि क्रमशः नवलपरासी ल्याएर व्यवस्थापन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

    अहिलेसम्म सुनवल नगरपालिका–४ स्थित मूलपानी सामुदायिक वनको अलकत्रा डाँडा र बर्दघाट नगरपालिका–२ स्थित चिसापानी सामुदायिक वनको हाइटेन्सन वरपरका क्षेत्रमा शवहरूको व्यवस्थापन गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार