Nepal Face
  • बुधबार, १७ भाद्र २०८३
  • काँग्रेस महाधिवेशन मंसिर २१ देखि २३ सम्म गर्ने देउवा पक्षको प्रस्ताव


    बुधबार, भाद्र १७ २०८३
    70
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्ने प्रस्ताव अघि सारेको छ।

    चुनदेवीमा जारी समूहको बैठकमा महाधिवेशनको मिति तय गर्ने प्रस्तावसँगै त्यसअघि सम्पन्न गरिने पार्टीका विभिन्न तहका अधिवेशन तथा निर्वाचनको कार्यतालिकासमेत प्रस्तुत गरिएको छ।

    प्रस्तावित कार्यतालिकाअनुसार असोज १५ गते वडा तहको निर्वाचन गर्ने उल्लेख छ। त्यसपछि असोज २० गते पालिका तहको निर्वाचन गर्ने र असोज २३ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन तथा प्रतिनिधि छनोटसम्बन्धी प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको छ।

    त्यसैगरी कात्तिक १५ गते जिल्ला तहको अधिवेशन तथा मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने प्रस्ताव बैठकमा राखिएको छ।

    यी सबै तहका निर्वाचन तथा अधिवेशन सम्पन्न भएपछि मंसिर २१ देखि २३ गतेसम्म पार्टीको १५औँ महाधिवेशन आयोजना गर्ने देउवा पक्षको प्रस्ताव रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार