काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबारे प्रतिनिधि सभालाई जानकारी गराउँदै आफू विशेष जिम्मेवारीका साथ सार्वभौम संसद्को रोष्ट्रममा उपस्थित भएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बाढीबाट उत्पन्न मानवीय संकट, प्रभावित क्षेत्रको अवस्था तथा खोज, उद्धार र राहतका सम्बन्धमा जानकारी दिने क्रममा प्रधानमन्त्री शाहले आफ्नो उपस्थितिलाई विशेष जिम्मेवारीसँग जोडेर धारणा राखेका हुन्।
भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी र बेत्रावतीसहित नुवाकोटको त्रिशूली बजार तथा देवीघाट क्षेत्र प्रभावित भएको छ। धादिङ, चितवन र गोरखाका त्रिशूली नदी आसपासका क्षेत्रसमेत बाढीबाट प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार बाढीबाट बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ। रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ।
बाढीका कारण ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् भने २९२ जना घाइते भएका छन्। प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको तथ्यांक छ।
प्रधानमन्त्री शाहले संसद्मा आफ्नो सम्बोधनमार्फत विपद्को गम्भीर अवस्थाबारे जानकारी गराउँदै राज्यका तर्फबाट भइरहेको खोज तथा उद्धार, राहत र व्यवस्थापनका प्रयासबारे प्रतिनिधिसभालाई अवगत गराएका छन्।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend