Nepal Face
  • बुधबार, १७ भाद्र २०८३
  • रसुवा बाढी: मृतक ११ सय नाघ्यो, ३ हजार ९१६ जना अझै बेपत्ता


    बुधबार, भाद्र १७ २०८३
    95
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परी मृत्यु भएकाको संख्या ११ सय नाघेको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज (बुधबार) बिहान ९ बजेसम्म बाढीमा बेपत्तामध्ये १ हजार ११४ जनाको शव फेला परेका हुन्।

    यस्तै अझै ३ हजार ९१६ जना बेपत्ता छन्।

    प्राधिकरणका अनुसार रसुवामा ४१, तनहुँमा ३८, नुवाकोटमा १५५०, धादिङमा ५९, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९०, गोरखामा ६६ र चितवनमा ३४८ शव भेटिएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार