काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले पाँचौँ लटको सहयोग पठाएको छ ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान पाँचौं खेपको सहयोग विमानमार्फत नेपाल पठाएको जानकारी गराएका छन् ।
उनले उद्धार तथा खोजीका लागि विशेष उपकरणसहित ११ जनाको उद्धार टोली र ५।५ टन अत्यावश्यक औषधिक लिएर विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिए ।
यसअघि १४ भदौमा भारतले बाढी प्रभावितका लागि ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपाल पठाएको थियो ।
नेपालमा हाल उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ। भारतसहित विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूले प्रभावित क्षेत्रका लागि सहयोग उपलब्ध गराइरहेका छन्।
काठमाडौँ । भदौ १० गते आएको बढाीपहिरोमा परेर अपर त्रिशुली १ मा हराइरहेकाहरुको नामावली सार्वजनिक भएको छ । नेपाल वाटर एण्ड इनर्जी डभलपमेन्ट कम्पनीका १५...
विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी...
काठमाडौँ। भोटेकोसी बाढीबाट पीडितका लागि राहत सामग्री लिएर कोरियन एयर फोर्सको जहाज काठमाडौँ आइपुगेको छ। उक्त जहाज आज बुधबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू पूर्ण रूपमा ठप्प भएका छन्। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र...
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभाबित ३ जिल्लामा १२ वटा अस्थायी बेश स्थापना गरेको छ । धादिङमा २ , नुवाकोटमा ६ र रसुवामा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend