Nepal Face
  • बुधबार, १७ भाद्र २०८३
  • बाढी र पहिरोका कारण आज यी राजमार्ग छन् पूर्ण रूपमा ठप्प


    बुधबार, भाद्र १७ २०८३
    95
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू पूर्ण रूपमा ठप्प भएका छन्। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य सडक खण्डहरूमा पहिरो जाँदा यातायात पूर्ण रूपमा ठप्प भएको हो ।

    धादिङ खण्डमा पर्ने पृथ्वी राजमार्ग सबैभन्दा बढी प्रभावित भएको छ। बेनीघाट रोराङ-७ स्थित कृष्णभिर र गजुरी-२ को परेवाभिरमा ठूलो पहिरो खसेका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, बेनीघाट रोराङ-१० को ज्वाडु खोला र थाक्रे-२ को कमेरेभिरमा पहिरो पन्छाएर सडक एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ।

    बीपी राजमार्गको काभ्रेको खुर्कोट-नेपालथोक सडक खण्डमा बाढीको उच्च जोखिम रहेका कारण सुरक्षा सतर्कता अपनाउँदै साँझ ६स्०० बजेदेखि बिहान ४स्०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४:०० बजेदेखि साँझ ६:०० बजेसम्म भने अवस्था हेरेर मात्र सवारी चल्न दिइएको छ।

    पासाङ ल्हामु सडक खण्डको सिटारमा बाढी आएका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, विदुर-लाच्याङ सडक र टोखा-छहरे सडक खण्ड पनि पहिरो र बाढीका कारण प्रभावित भएका छन्। रसुवाको उत्तरगया-५ खाल्टेमा बाढी आउँदा त्रिशूली-मैलुङ-स्याफ्रुबेसी सडक लामो समयदेखि बन्द रहेको छ।

    लमजुङको बेसीसहर-मनाङ सडक अन्तर्गत खर्करे भिरमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

    मुगु-गमगढी सडक खण्डको ताल्चामा पहिरो खसेका कारण यातायात ठप्प छ। बैतडीको गोठालापानी-झुलाघाट सडक खण्डमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार