Nepal Face
  • बुधबार, १७ भाद्र २०८३
  • नेपालफेसको समाचारप्रति चन्दको खण्डन


    मंगलबार, भाद्र १६ २०८३
    4.5K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • नेपालफेस डटकममा १५ भदौ, २०८३ मा ‘राष्ट्रिय अनुसन्धान विभागका एसपी चन्दको जग्गादेखि गाडी व्यापारमा लगानी, सुशासनलाई चुनौती’ शीर्षकमा प्रकाशित सामग्रीउपर मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा मेरो देहाय बमोजिम बुँदागत प्रतिक्रिया एवम् खण्डन रहेको छ ।

    देहाय

    १. समाचारको शीर्षक ‘राष्ट्रिय अनुसन्धान विभागका एसपी चन्दको जग्गादेखि गाडी व्यापारमा लगानी, सुशासनलाई चुनौती’ भनी उल्लेख भएको रहेछ । उक्त बिषय फरक परेको छ । यथार्थमा मेरो नाममा कहीँ ब्यापार छैन । जति पनि ब्यापार छन् । ती सबै मेरो श्रीमतीको नाममा छन् ।

    त्यसकारण यो समाचार सच्याउन अनुरोध गर्दछु । राष्ट्रिय अनुसन्धान विभागको सञ्चालन र व्यवस्थापन गर्ने नेपाल विशेष सेवा ऐन २०४२ र नेपाल विशेष सेवा नियमावली, २०४४ ले गरेको व्यवस्थाअनुसार राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले कार्यालयको अनुमति नलिई कुनै पनि नाफामूलक काममा संलग्न हुन नपाउने व्यवस्था गरेको छ । म त्यही नियममा नै बसेको छु तर समाचार गलत रुपले छापिएको छ ।

    २. समाचारमा भारतको अजमेरा फेसन लिमिटेडसँगको साझेदारी र ब्ल्याक बुल गार्मेन्ट ट्रेडिङ प्रालिको नाममा नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा साडीको व्यापार गर्दै आएको छ । ‘अगाडि देखिँदा पत्नी देखिन्छिन् । तर, सम्पूर्ण कारोबारमा उनी प्रत्यक्ष संलग्न छन् ।’ भनी लेखिएको रहेछ । म बिहान ९ बजेदेखि बेलुकी ५–७ बजेसम्म आफनो सरकारी कार्यालयमा हुन्छु । त्यहाँ हाजिर चेक गर्न सकिन्छ । म कुन बेला कसर ब्यापारमा संलग्न भएँ । बिनाप्रमाण समाचार छापिएको हुँदा यो समाचारलाई सच्याउन अनुरोध गर्दछु ।

    ३. समाचारमा उप अनुसन्धान निर्देशक चन्दले अर्यालसहितका आफ्ना साझेदारविरुद्ध काठमाडौं जिल्ला अदालतमा कीर्ते मुद्दा दायर गरेका छन् भनी भनिएको रहेछ । त्यो मेरो नामबाट कसरी हुन्छ ? जबकि म त्यो कम्पनीमा नै छैन । त्यो निवेदन साँचो हो । त्यसमा लक्ष्मण अर्याल र मोतिना चन्दले दिएको प्रमाण छ । बिनाप्रमाण समाचार छापिएको हुँदा यो समाचारलाई सच्याउन अनुरोध गर्दछु ।

    ४. ऐन, नियमावली र कार्यविधिका कुनै पनि बुँदाबमोजिम चन्दले त्यस्तो कामको अनुमति नपाएको अनुसन्धान विभाग स्रोतले जनाएको छ भनी समाचार छापिएको रहेछ । त्यो सरासर झुटो छ । मैले कुनै काम नै नगर्दा किन स्वीकृति लिनुपर्ने ? श्रीमतीले ब्यवसाय गर्दा मेरो विभागबाट स्वीकृति लिनुपर्दैन ? त्यसकारण बिना प्रमाण समाचार छापिएको हुँदा यो समाचारलाई सच्याउन अनुरोध गर्दछु ।

    ५. समाचारमा लक्ष्मण अर्यालले मैले गर्दा दुःख पाएको भन्ने छ जबकि लक्ष्मण अर्याल आफैंले हिरा राना र अन्जु पन्थीबिरुद्ध उजुरी दिएका छन् । र, अदालतबाट जितेका पनि छन् । साथै उहाँले भनेको भन्ने कुरा आएको छ । जुन उहाँले भनेको छैन भनिरहनुभएको छ । उहाँले आफूलाई कुनै फोन नआएको यदि फोन गरेको छ भने प्रमाण दिन अनुरोध गर्दछु । त्यसकारण यो समाचारमा आएको कुरा सच्याउन अनुरोध गर्दछु ।

    ६. सम्पूर्ण समाचारमा मलाई जोडेर लेखेको छ जुन पूर्ण रुपमा गलत हो । त्यसकारण यसलाई सम्पूर्ण ठाउँमा सच्याउन अनुरोध गर्दछु ।
    ७. समाचारमा मा साक्षी बसेको भनी लेखेको छ, जुन पूर्णरुपमा गलत हो । म कुनै लेनदेन कागजमा वा अन्य ठाउँमा साक्षी बसेको छैन । त्यसकारण यो समाचार सच्याउन अनुरोध गर्दछु ।

    शेरजंगबहादुर चन्द, एसपी राष्ट्रिय अनुसन्धान बिभाग

    यो खण्डनसँग सम्बन्धित समाचार
    राष्ट्रिय अनुसन्धान विभागका एसपी चन्दको जग्गादेखि गाडी व्यापारमा लगानी, सुशासनलाई चुनौती

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार