काठमाडौँ। भोटेकोसी बाढीका कारण जलविद्युत आयोजनाको सुरुङमा फसेका कर्मचारी र मजदूरको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मंगलबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी भोटेकोसी बाढीमा भइरहेको खोज तथा उद्धारबारे जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सुरुङ उद्धारमा प्रगति हुन नसकेको बताएका हुन्।
‘केही बेर अगाडिसम्मको हाम्रो जानकारीमा कुनै त्यस्तो प्रोसेस भएको भन्ने कुरा आएको छैन। उहाँहरू प्रयासरत नै हुनुहुन्छ,’ उनले भने।
सुरुङ उद्धारका लागि नेपाली टोलीसँगै भारत र चीनबाट आएका विशेषज्ञहरूले काम गरिरहेको उनले बताए। उद्धार टोलीले कठिन भौगोलिक अवस्थाबीच निरन्तर प्रयास गरिरहेको उनको भनाइ छ।
‘टनेल रेक्स्युको लागि हाम्रो टिम पहिलेदेखि नै खटिइराखेको छ, भारत र चीनबाट आएका टनेल विशेषज्ञ टोलीले पनि सहयोग गरिरहेको छ,’ क्षेत्रीले भने, ‘भूगोलको असहज अवस्था र कठिनाईलाई पन्छाउँदै दिनरात नभनी काम गरिरहनुभएको छ।’
भारतबाट आएका २४ सदस्यीय दुई टोली र चीनबाट आएको नौ सदस्यीय विशेष सुरुङ उद्धार टोली जलविद्युत् आयोजनाको सुरुङमा परिचालित छन्।
भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनासँग सहकार्य काम गरिरहेको छ भने चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजना क्षेत्रमा खोजी गरिरहेको छ। दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आउन लागेको उनले जानकारी दिए।
बाढी गएको सात दिनसम्म पनि चिलिमे र लाङटाङ, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशुली–३ ‘बी’ लगायतका आयोजनामा फसेकाहरुको उद्धार गर्न सकिएको छैन।
काठमाडौँ । भदौ १० गते आएको बढाीपहिरोमा परेर अपर त्रिशुली १ मा हराइरहेकाहरुको नामावली सार्वजनिक भएको छ । नेपाल वाटर एण्ड इनर्जी डभलपमेन्ट कम्पनीका १५...
विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी...
काठमाडौँ। भोटेकोसी बाढीबाट पीडितका लागि राहत सामग्री लिएर कोरियन एयर फोर्सको जहाज काठमाडौँ आइपुगेको छ। उक्त जहाज आज बुधबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले पाँचौँ लटको सहयोग पठाएको छ । भारतीय विदेशमन्त्री डा. एस...
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू पूर्ण रूपमा ठप्प भएका छन्। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend