काठमाडौं । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वा खाडल वरपर रहेका हिमचट्टानहरू अझै पनि भत्किने जोखिममा रहेकाले यसले ठूलो सम्भावित खतरा निम्त्याउन सक्ने चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजले मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो।
सीसीटीभीका अनुसार, दक्षिण(-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको ग्यिरोङ (केरुङ)काउन्टीमा आएको लेदोसहितको बाढीको विपद्सँग जोडिएका सम्पूर्ण जोखिमहरूको निरन्तर मूल्याङ्कन गर्न मन्त्रालयले परामर्श तथा अनुगमनलाई निरन्तरता दिइरहेको छ।
रिमोट-सेन्सिङ तस्वीरहरूको हालै गरिएको तुलनात्मक विश्लेषणअनुसार, ग्यिरोङ साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालहरूको जलसतह क्षेत्रमा भने कुनै उल्लेखनीय परिवर्तन देखिएको छैन। ती तालहरू समग्रमा स्थिर अवस्थामै रहेका छन्।
मंगलबार बिहान नेपाली समयअनुसार बिहान ५स्४५ बजे खिचिएको ड्रोन तस्वीरका आधारमा, नेपालको छोचेन खोलास्थित इम्प्याक्ट क्रेटरमा जम्मा भएको पानी धेरैजसो बगेर निकास भइसकेको छ र तल्लो तटीय क्षेत्रमा नदीको बहाव सामान्य रहेको छ।
यद्यपि, उक्त क्रेटर वरपर अझै पनि हिमनदी वा हिमखण्ड भत्किने जोखिम भने कायमै रहेको रिपोर्टमा उल्लेख छ।
काठमाडौँ । भदौ १० गते आएको बढाीपहिरोमा परेर अपर त्रिशुली १ मा हराइरहेकाहरुको नामावली सार्वजनिक भएको छ । नेपाल वाटर एण्ड इनर्जी डभलपमेन्ट कम्पनीका १५...
विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी...
काठमाडौँ। भोटेकोसी बाढीबाट पीडितका लागि राहत सामग्री लिएर कोरियन एयर फोर्सको जहाज काठमाडौँ आइपुगेको छ। उक्त जहाज आज बुधबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले पाँचौँ लटको सहयोग पठाएको छ । भारतीय विदेशमन्त्री डा. एस...
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू पूर्ण रूपमा ठप्प भएका छन्। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend