काठमाडौं । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वा खाडल वरपर रहेका हिमचट्टानहरू अझै पनि भत्किने जोखिममा रहेकाले यसले ठूलो सम्भावित खतरा निम्त्याउन सक्ने चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजले मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो।
सीसीटीभीका अनुसार, दक्षिण(-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको ग्यिरोङ (केरुङ)काउन्टीमा आएको लेदोसहितको बाढीको विपद्सँग जोडिएका सम्पूर्ण जोखिमहरूको निरन्तर मूल्याङ्कन गर्न मन्त्रालयले परामर्श तथा अनुगमनलाई निरन्तरता दिइरहेको छ।
रिमोट-सेन्सिङ तस्वीरहरूको हालै गरिएको तुलनात्मक विश्लेषणअनुसार, ग्यिरोङ साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालहरूको जलसतह क्षेत्रमा भने कुनै उल्लेखनीय परिवर्तन देखिएको छैन। ती तालहरू समग्रमा स्थिर अवस्थामै रहेका छन्।
मंगलबार बिहान नेपाली समयअनुसार बिहान ५स्४५ बजे खिचिएको ड्रोन तस्वीरका आधारमा, नेपालको छोचेन खोलास्थित इम्प्याक्ट क्रेटरमा जम्मा भएको पानी धेरैजसो बगेर निकास भइसकेको छ र तल्लो तटीय क्षेत्रमा नदीको बहाव सामान्य रहेको छ।
यद्यपि, उक्त क्रेटर वरपर अझै पनि हिमनदी वा हिमखण्ड भत्किने जोखिम भने कायमै रहेको रिपोर्टमा उल्लेख छ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend