काठमाडौँ। रसुवा बाढीमा परेर विभिन्न जिल्लामा फेला परेर पोखरा ल्याइएका पहिचान नभएका ७८ वटा शव बुधबार पोखरा( १६ दिपस्थित सेती नदी किनारमा व्यवस्थापन सुरू भएको छ । तनहुँ, गोरखा,धादिङ जिल्लास्थित त्रिशूली नदी क्षेत्रबाट र नवलपुरको नारायणी नदीबाट उद्धार गरेर १०२ जनाको शव पोखरा ल्याइएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको शवमध्ये पहिचान नभएका ७८ जनाको शव बुधबार व्यवस्थापन भएको हो । पहिचान भएका १९ जनाको शव आफन्तलाई बुझाइको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले जानकारी दिए ।
दुईजना विदेशीजस्तो देखिन र आफन्तले आफ्नो भएको बताइएका ३ जनाको शव गरी पाँचजनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको पनि कास्की प्रहरी प्रमुख कार्कीले बताए ।
पोखरा ल्याइएका सबै शवको पोष्टमार्टम र डीएनए नमूना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखेपछि पहिचान नभएका ७८ जनाको शव जमिन मुनी व्यवस्थापनको काम सुरू गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend