Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • काठमाडौंमा पनि पहिचान नभएका शव गाड्ने तयारी 


    मंगलबार, भाद्र १६ २०८३
    255
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौंमा पनि व्यवस्थापन हुने भएको छ ।

    काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पहिचान हुन नसकेका शव काठमाडौंमा पनि व्यवस्थापन गर्न लागेको बताए ।

    देशभरीका अस्पताल जम्मा ६०० शव व्यवस्थाप क्षमता रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९८७ शव प्राप्त भइसकेका छन् । त्यसमध्ये करिब १०० शव काठमाडौं आइपुगेको छ ।

    सरकारले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ अनुसार शवहरूको व्यवस्थापन गर्न लागेको हो। निर्देशिकामा संकलित शवको मुचुल्का, शवको प्रारम्भिक पहिचान, थप विधिको प्रयोग गरेर शवको पहिचान, सनाखत, अभिलेखीकरण, संकेत चिह्न राख्नुपर्ने प्रावधान छ।

    यस अघि फिस्लिङदेखि गोलाघाटसम्म संकलन भएर पहिचान नखुलेका शव चितवनमा व्यवस्थापन गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार