काठमाडौं । बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार, काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका विभिन्न जिल्लामा सडक अवरोध कायम रहेको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्ण भिर र गजुरी गाउँपालिका-२ स्थित परेवा भिरमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भदौ १४ गतेदेखि नै यी स्थानमा पहिरो खस्ने क्रम जारी रहँदा यातायात ठप्प भएको हो।
ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडामा भदौ १५ गते दिउँसो खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारी साधन चलाउन पाइने छैन भने दिउँसोको समयमा परिस्थितिको मूल्याङ्कन गरेर मात्र सवारी छोडिने प्रहरीले जनाएको छ।
नुवाकोटको बेत्रावतीस्थित सिमिटारमा बाढीका कारण पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, टोखा(छहरे सडक खण्डको घट्टेखोलामा बाढी र पहिरोको जोखिमका कारण राती १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीका कारण त्रिशुली-मैलुङ्ग-स्याफ्रुबेसी सडक खण्ड लामो समयदेखि अवरुद्ध छ। यसका साथै जिल्लाका अन्य मुख्य राजमार्गहरू पनि बाढीका कारण भदौ १० गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबारे प्रतिनिधि सभालाई जानकारी गराउँदै आफू विशेष जिम्मेवारीका साथ सार्वभौम संसद्को रोष्ट्रममा उपस्थित भएको...
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटाले ऊर्जा मन्त्रीको रुपमा प्रदेश...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवामा आएको बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिबारे प्रतिनिधि सभालाई जानकारी गराउने भएका छन्। बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि...
काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परी मृत्यु भएकाको संख्या ११ सय नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend