काठमाडौँ। भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैटौँ तुलाकान्त चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि सेवाग्राहीलाई भुक्तानी उपलब्ध गराउने क्रममा घुस लिएको आरोपमा दुवैविरुद्ध विशेष अदालत, काठमाडौँमा भाद्र १० गते आरोप पत्र दायर गरेको हो।
आयोगका अनुसार सेवाग्राहीसँग रकम माग गरिएको सूचनाका आधारमा खटिएको टोलीले ढकाल र चौधरीलाई ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा दुई अधिकारीको मिलेमतोमा १३ वटा डिप बोरिङ तथा मोटर जडानका लागि छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरिएको पाइएको आयोगले जनाएको छ। आयोगका अनुसार ती समितिहरू वास्तविक प्रक्रिया पूरा गर्न नभई कागजी रूपमा देखाउन गठन गरिएको थियो।
उपभोक्ता समितिले पूरा गर्नुपर्ने प्रक्रिया तथा आवश्यक कागजातसमेत सम्बन्धित अधिकारीहरूले आफैँ तयार गर्ने र गराउने गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ। समितिको छाप र अध्यक्षको हस्ताक्षर प्रयोग गरी भुक्तानी प्रक्रिया अघि बढाएबापत सेवाग्राहीसँग रकमको बार्गेनिङ गरी ७ लाख ५० हजार रुपैयाँ लिएको आयोगले जनाएको छ।
आयोगले दुवैको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गतको कसुर भएको ठहर गर्दै ७ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको छ। उनीहरूविरुद्ध कैद, बिगोबराबर जरिवाना तथा कानुनबमोजिम बिगो असुलउपरको मागदाबी गरिएको छ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend