काठमाडौँ। बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा भइरहेको उद्धार तथा व्यवस्थापन कार्यको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठ नुवाकोटको त्रिशूली पुगेका छन्।
मन्त्री श्रेष्ठले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरुङसँग उद्धार कार्यको समन्वय तथा पछिल्लो अवस्थाबारे छलफल गरिरहेका छन्। गृहमन्त्री गुरुङ पनि सोही केन्द्रबाट उद्धार अभियानको समन्वयमा सक्रिय छन्।
जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धारका लागि परिचालित नेपाली सेनाका उच्च अधिकारीहरूले मन्त्री श्रेष्ठलाई हालसम्मको प्रगति तथा उद्धार प्रयासबारे जानकारी गराएका छन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहसमेत मन्त्री श्रेष्ठसँगै नुवाकोट पुगेका छन्।
त्रिशूलीमा सुरक्षा अधिकारीबाट आवश्यक जानकारी लिएपछि मन्त्री श्रेष्ठ हेलिकप्टरबाट रसुवाका बाढी प्रभावित जलविद्युत् आयोजना तथा उद्धार भइरहेको स्थलको स्थलगत निरीक्षणमा जाने कार्यक्रम रहेको छ। त्यस क्रममा उनले विपद्बाट प्रभावित तथा बेपत्ता व्यक्तिका परिवारसँग समेत भेटेर अवस्थाबारे जानकारी लिने तयारी गरिएको छ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend