काठमाडौँ। भोटेकोसीको बाढीले पुरिएपछि उद्धारको काम जारी रहेको माथिल्लो त्रिशूली ३ ‘ए’को टनेलबाट पम्पिङ गरेर पानी बाहिर फ्याँक्ने तयारी गरिएको छ।
१० भदौको बाढीपछि ६० मेगावाट क्षमताको त्रिशूली ३ ‘ए’को टनेलमा ३८ जना फसेको अनुमान छ। यहाँ उद्धारकार्य हिजो रातभरी पनि अटुट रुपमा जारी रहेको थियो।
केवल टनेल पोर्टल सफा गर्ने क्रममा आज बिहान ३ बजे बिस्फोट गरेर टनेलको मुख खोलिएको थियो। त्यस पश्चात केवल टनेलमा पानी रहेको पाइएपछि वाटर पम्पसेट प्रयोग गरी पानी निकाल्न थालिएको हो।
पानी फाल्ने कामलाई थप प्रभावकारी बनाउन ठूलो क्षमताको थप डीजी सेट तथा पम्पसेट लगायतका उपकरण समेत साइट पुगिसकेको छ। टनेलको मुखतर्फ रहेका ढुङ्गा माटोको थुप्रो हटाइ भित्र प्रवेश गर्न सकिने मार्ग तयार भइरहेको उद्धार कर्ताले बताएका छन्।
उद्धार कार्यलाई थप प्रभावकारी हुनेगरी सञ्चालन गर्न र आवश्यक सबै संयन्त्रहरु परिचालन गर्नसमेतका लागि उर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठ, प्राधिकरणका संचालक सुनिल कुमार ढुङ्गेल, कार्यकारी निर्देशकसहितको टोली उद्धार कार्य स्थलमा जाँदैछन्।
त्यहाँ प्राधिकरणका उप-कार्यकारीका अतिरिक्त भूगर्भविद् लगायतका विज्ञ टोली उद्धार कार्य स्थलमा पुगि अन्य विकल्पहरुको अध्ययन गरिरहेको उर्जा मन्त्रालयले जनाएको छ।
काठमाडौं । हिजो बुधवार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३...
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ आज सोमबार भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको निरीक्षणमा जाँदै छन्। मन्त्री श्रेष्ठ अहिले बिहान...
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (सोमबार) बस्ने भएको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक बिहान ११:०० बजे सिंहदरबारस्थित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend