काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ तोकेको छ । यसअघि हिजो ३ लाख ९ हजार रुपैयाँ थियो ।
अघिल्लो दिन पनि सुनको मूल्य ९ हजार ५ सय रुपैयाँ घटेको थियो । यसअघि शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य आज स्थिर छ । अघिल्लो दिनकै मूल्य ४ हजार ७८० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदीको भाउ ४ हजार ९६५ रुपैयाँ थियो ।
काठमाडौं । हिजो बुधवार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड...
काठमाडौँ। भोटेकोसीको बाढीले पुरिएपछि उद्धारको काम जारी रहेको माथिल्लो त्रिशूली ३ ‘ए’को टनेलबाट पम्पिङ गरेर पानी बाहिर फ्याँक्ने तयारी गरिएको छ। १० भदौको बाढीपछि ६०...
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३...
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ आज सोमबार भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको निरीक्षणमा जाँदै छन्। मन्त्री श्रेष्ठ अहिले बिहान...
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (सोमबार) बस्ने भएको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक बिहान ११:०० बजे सिंहदरबारस्थित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend