काठमाडौँ। रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली-३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारको प्रयास जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत सामग्रीको प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि यही भदौ १२ गतेदेखि सुरक्षाफौजले त्यस क्षेत्रमा निरन्तर प्रयास जारी राखेको छ । गए राति सो क्षेत्रमा वर्षा र भोटेकोशीमा बाढी बढेपछि उद्धारका काम केही समय रोकिएको थियो ।
बाढीको बहाव कम भएसँगै पुनः उद्धारका काम सुरु भएको सेनाले जनाएको छ । उद्धार टोलीमा विशेषज्ञसहित ९३ जना संलग्न छन् ।
प्रभावित जिल्लामा करिब आठ हजार ४०० सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा काम गरिरहेको सेनाले जनाएको छ । यसैबीच, सेनाले आज बिहान ११ः०० बजेसम्म टिमुरे, धुञ्चे र हाकुबेँसी इलाकाबाट चार चिनियाँ नागरिकसहित १८३ जनाको उद्धार गरेको छ ।
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन अहोरात्र लागिरहेकी छन्...
धादिङ। धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा सडक ठूलो मात्रामा भासिएपछि पृथ्वी राजमार्गको आवतजावत पूर्णरूपमा ठप्प भएको छ। सडकको अवस्था यति जोखिमपूर्ण बनेको छ...
काठमाडौँ । भीषण बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा मृत्यु भएका ७५२ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिउँसो...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले सुरुङ फेला पारेको छ । तीन दिनदेखि निरन्तर उद्धारमा खटेको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म भइरहेको कामको जानकारी लिएका छन् । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend