Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • अमेरिकाले रसुवा बाढी प्रभावितका लागि ३६ लाख अमेरिकी डलर सहायता गर्ने


    आइतबार, भाद्र १४ २०८३
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकाले नेपालका बाढी प्रभावितहरूका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ।

    अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै यस विपद्को घडीमा अमेरिका नेपाली जनताको साथमा उभिएको प्रस्ट पारेको छ।

    मन्त्रालयले घोषणा गरेको उक्त सहायताअन्तर्गत बाढीबाट प्रभावित १० हजार घरपरिवारलाई ३ महिनासम्मका लागि आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ।

    यसैगरी, मन्त्रालयले अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको उल्लेख गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार