काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारले मित्रराष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोगको प्रस्ताव गरेको जानकारी दिएका छन् ।
शनिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले फरेन्सिक क्षमता अभिवृद्धि र विकट क्षेत्रमा राहत पुर्याउन आधुनिक प्रविधिको आवश्यकता रहेको बताएका हुन् ।
मन्त्री खनालकाअनुसार रसुवालगायतका जिल्लामा पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता अपर्याप्त रहेको छ । यसका लागि डिएनए परीक्षण र रिपोर्टिङमा सहयोग पुर्याउन विदेशी सरकारहरूलाई आग्रह गरिएको उनले बताए ।
बाढी र पहिरोका कारण ४० भन्दा बढी पुल र धेरै सडक सञ्जाल अवरुद्ध हुँदा राहत सामग्री ढुवानीमा गम्भीर चुनौती थपिएको छ । विपदबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै मन्त्री खनालले पुनर्निर्माण र पुनस्स्थापनाका लागि अर्बौँ डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताए । हालसम्मको तथ्यांकअनुसार करिव १५ हजार निजी घर र ४२ वटा पुलमा क्षति पुगेको छ । यद्यपि ‘हानी र नोक्शानी’ को विस्तृत अध्ययनपछि मात्र यकिन तथ्यांक आउने उनको भनाइ छ ।
विदेशी टोली र निजी हेलिकप्टर परिचालनका सम्बन्धमा उठेका जिज्ञासामा मन्त्री खनालले स्पष्ट पारे कि हाल सबै उडानहरूलाई ‘एकीकृत कमाण्ड’ मार्फत सञ्चालन गरिएको छ । भौगोलिक जटिलता र सुरक्षा स्थितिलाई मध्यनजर गर्दै नागरिक उड्डयन प्राधिकरण र सुरक्षा निकायको समन्वयमा विदेशी नागरिक तथा उद्धार टोलीहरूलाई अनुमति दिने प्रक्रिया मिलाइएको उनले जानकारी दिए ।
उनले भने, ‘दुर्गम क्षेत्रमा औषधि र खाद्यान्न पुर्याउन हामीले ठूलो तौल बोक्न सक्ने (हेभी लोड लिफ्ट) ड्रोनहरूको सहयोग माग गरेका छौँ । स्थलगत टोली र सुरक्षा निकायको सुझावका आधारमा हामीले विशिष्ट प्रकारका सहयोगका लागि वैदेशिक नियोगहरूसँग समन्वय गरिरहेका छौँ ।’
सरकारको कार्ययोजनाबारे प्रस्ट पार्दै मन्त्री खनालले अहिलेको प्राथमिकता ‘उद्धार’ मा रहेको र त्यस लगत्तै ‘राहत’ र ‘पुनर्निर्माण’ को चरणमा प्रवेश गर्ने बताए । २०७२ सालको भूकम्पपछिको अनुभव र संस्थागत स्मृतिलाई उपयोग गर्दै प्रभावित परिवारलाई आवास र अन्य सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनले दोहोर्याए ।
काठमाडौँ। रसुवास्थित माथिल्लो त्रिशूली ३ ुबीु जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका चिनियाँ विज्ञ टोली खटिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार ६ जना सम्मिलित चिनियाँ...
काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीका कारण अवरुद्ध भएको काठमाडौं–चितवन मुग्लिङ सडकखण्ड पुनः सञ्चालनमा आएको छ । नेपाल प्रहरीले उक्त सडकखण्ड हाल पूर्णरूपमा सुचारु रहेको...
काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी लगायतका क्षेत्रमा आएको भीषण बाढी र पहिरोको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको छ। तथ्याङ्क अनुसार देशका विभिन्न स्थानमा बाढी...
काठमाडौं । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमुनि पुरिएकी ६ बर्षीया बालिकाको सशस्त्र प्रहरीले शुक्रबार साँझ उद्धार गरेको छ । भोटेकोशी बाढीमा परेकाहरुको खोजी तथा...
काठमाडौँ। प्रहरीचौकी बेत्रावतीका प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव नारायणी नदीमा फेला परेको छ। बुधबार रसुवास्थित भोटेकोसीमा आएको बाढीपछि पौडेल पनि बेपत्ता थिए। नुवाकोट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend