Nepal Face
  • शनिबार, १३ भाद्र २०८३
  • सुरुङभित्र फसेकाहरूको सुरक्षित उद्धारमा खटिए चिनियाँ विज्ञ टोली 


    शनिबार, भाद्र १३ २०८३
    90
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। रसुवास्थित माथिल्लो त्रिशूली ३ ुबीु जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका चिनियाँ विज्ञ टोली खटिएको छ।

    प्रधानमन्त्री कार्यालयका अनुसार ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली मैदानमा खटिएको हो।

    अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिकरूपमा उच्च दक्ष चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    कार्यालयका अनुसार चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्तरूपमा उद्धारको काम सुरु गर्नेछ।

    संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार